बेसीशहर, पौष २० गते । मानब अधिकार तथा सामाजिक न्याय मञ्च एलाइन्सनेपाल लमजुङको अध्यक्षमा बुध्दिसागर बराल चयन हुनु भएको छ । एलाइन्सको मंगलबार बेसीशहरमा सम्पन्न दोस्रो अधिवेशनबाट सफर लमजुङको अध्यक्ष समेत रहनु भएको वराल अध्यक्षमा सर्वसम्वत चयन हुनुभएको हो ।
समितिको उपाध्यक्षमा गैरसरकारी संस्था महासंघ लमजुङका अध्यक्ष कृष्ण प्रसाद अधिकारी, सचिवमा इन्सेक लमजुङका प्रतिनिधि एंव दलित सेवा संघका अध्यक्ष दलबहादुर मजाकोटी र कोषाध्यक्षमा रेडियो चौतारीकी शान्ति श्रेष्ठ सर्वसम्वच चयन हुनु भएको छ ।
एलाइन्सको सदस्यमा समग्र विकास सेवा केन्द्रका रुद्र कोइराला, दलित सेवा संघका प्रविना नेपाली, अपाङ्गता भएकाहरुबाट सिताराम वस्सेल, आरसीडिसीका प्रमोद घिमिरे र प्रेस चौतारीबाट सरला अधिकारी रहनु भएको छ । एलाईन्सको सल्लाहकारमा राजेन्द्र बोहरा, कृष्ण के।सी।, भोजबहादुर रिमाल, किसान संगीत नेपाली र विवश बुढाथोकी रहनु भएको छ ।
अधिवेशनको नेकपा एमालेका केन्द्रीय सदस्य एंव लमजुङ ईन्चार्ज मायानाथ अधिकारीले उद्घाटन गर्नु भएको थियो । मानब अधिकार तथा सामाजिक न्याय मञ्च ९एलाइन्स० नेपाल लमजुङका अध्यक्षमा बुध्दिसागर बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष धनञ्जय दवाडी, सचिव कृष्ण प्रसाद अधिकारी, उपसचिव शुभाष पौडेल, सल्लाहकार परिषदका अध्यक्ष मातृका खनाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य किसान सगित नेपाली, पूर्व अध्यक्ष कृष्ण के।सी।, एलााइन्सका पश्चिमाञ्चल सदस्य भोजबहादुर रिमाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा मानब अधिकार तथा सामाजिक न्याय मञ्च ९एलाइन्स० नेपाल लमजुङका कोषाध्यक्ष दलबहादुर मजाकोटीले स्वागत र संचालन सचिव कृष्ण प्रसाद अधिकारीले गर्नु भएको थियो ।