मन्थली नगर कप रनिङ शिल्ड भलिबल उपाधी चिसापानी लाई

  • प्रकाशित मिति: सोमबार, बैशाख ७ २०८३
  • तामाकोशी

रामेछाप, मन्थली नगर खेलकुद विकास समिति मन्थलीको आयोजनामा सञ्चालन भएको “मन्थली नगर कप रनिङ शिल्ड भलिबल प्रतियोगिता” सम्पन्न भएको छ। वैशाख ४ गतेदेखि मन्थली माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो।
प्रतियोगिताको पुरुषतर्फ मन्थली नगरपालिका–८ चिसापानी प्रथम भएको छ भने वडा नं. ७ भटौली द्वितीय, मन्थली नगरपालिका–११ गेलु तृतीय र मन्थली नगरपालिका–१ मन्थली सान्त्वना स्थानमा रहेका छन्।
यस्तै महिलातर्फ मन्थली नगरपालिका–७ भटौली प्रथम, मन्थली नगरपालिका–८ चिसापानी द्वितीय, मन्थली नगरपालिका–१ तृतीय तथा मन्थली नगरपालिका–११ गेलु सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।
पुरुषतर्फ विजेता टोलीले नगद एक लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। द्वितीय हुने टोलीले ७५ हजार, तृतीयले ५० हजार तथा सान्त्वना स्थान हासिल गर्ने टोलीले ३० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन्।
महिलातर्फ विजेताले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने द्वितीयले ४० हजार, तृतीयले ३० हजार र सान्त्वना टोलीले २० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडीहरूलाई समेत नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।