रामेछाप एमालेबाट उम्मेदवार ढुंगेलको निर्वाचन खर्च विवरण पेस

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन २९ २०८२
  • तामाकोशी

रामेछाप- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा रामेछाप निर्वाचन क्षेत्रबाट नेकपा एमालेका तर्फबाट उम्मेदवार रहनुभएका माधवप्रसाद ढुंगेलले आफ्नो निर्वाचन खर्चको विवरण पेस गर्नुभएको छ।
उहाँले जिल्ला निर्वाचन कार्यालय रामेछापमार्फत निर्वाचन आयोग समक्ष खर्च विवरण बुझाउनुभएको हो। पेस गरिएको विवरणअनुसार चुनावी अभियानका क्रममा कुल २४ लाख ७ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
विवरणमा सवारी साधन तथा निर्वाचन अभियान सञ्चालन, खाना–खाजा तथा आवास, झण्डा–ब्यानर तथा प्रचार सामग्री, वडा निर्वाचन कार्यालय सञ्चालन, सभा तथा कोणसभाका कार्यक्रम, मिडिया प्रचार, फोटो–भिडियो डिजाइन, मतदाता भेटघाट कार्यक्रम तथा अन्य शीर्षकमा खर्च गरिएको उल्लेख गरिएको छ।
निर्वाचन आयोगको व्यवस्था अनुसार उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि तोकिएको समयभित्र खर्च विवरण पेस गर्नुपर्ने प्रावधान रहेको छ।