सुनुवार विद्यार्थी समाजको अध्यक्षमा मुस्कान सुनुवार निर्विरोध

  • प्रकाशित मिति: आइतबार, पुष २७ २०८२
  • तामाकोशी

काठमाडौं । सुनुवार विद्यार्थी समाज संघीय समितिको आठौं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। शनिबार भएको सम्मेलनबाट मुस्कान सुनुवारको अध्यक्षतामा नयाँ संघीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा विवश सुनुवार, उपाध्यक्षमा गलिज सुनुवार, महिला उपाध्यक्षमा मेलिसा सुनुवार, महासचिवमा आशिष सुनुवार, सचिवमा मिरा सुनुवार, महिला सचिवमा स्वीकृति सुनुवार र कोषाध्यक्षमा नविन सुनुवार चयन भएका छन्।



त्यसैगरी सदस्यहरूमा सविना सुनुवार (पाँचथर), सविना सुनुवार (सिन्धुली), मनिषा सुनुवार, मिन कुमार सुनुवार, बृजन सुनुवार, कृतिका सुनुवार, आशा सुनुवार, खुसी सुनुवार र राजेश सुनुवार निर्वाचित भएका छन्।

सम्मेलनले सुनुवार समुदायका विद्यार्थीहरूको हकहित, शैक्षिक पहुँच विस्तार तथा नेतृत्व विकासमा थप सशक्त भूमिका खेल्ने विश्वास लिइएको छ। नवनिर्वाचित नेतृत्वलाई विभिन्न संघसंस्थाले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।