सुनुवार विद्यार्थी समाजको आठौँ राष्ट्रिय सम्मेलन पुस २६ गते हुने

  • प्रकाशित मिति: आइतबार, पुष २० २०८२
  • तामाकोशी

काठमाडौँ । सुनुवार विद्यार्थी समाज संघीय समितिले आफ्नो आठौँ राष्ट्रिय सम्मेलन यही पुस २६ गते शनिवार काठमाडौँमा आयोजना गर्दै छ। सम्मेलनमा सम्पूर्ण सुनुवार विद्यार्थी, जिल्ला समन्वय समिति, बुद्धिजीवी, राजनीतिज्ञ, शिक्षक, कर्मचारी, व्यवसायी, पत्रकार र कलाकारहरूलाई उपस्थित रहने समाजकी महासचिव मुस्कान सुनुवारले बताइन ।

उनका अनुसार कार्यक्रम सुनुवार सेवा समाज संघीय समितिको सभाहल, कोटेश्वर, काठमाडौँमा बिहान ७ः०० बजेबाट सुरु हुनेछ। संघीय समितिले सम्मेलनमा सहभागी भई आफ्नो अनुभव र सुझावहरू प्रस्तुत गर्न सम्पूर्ण सुनुवारहरूलाई निमन्त्रणा गरेको जनाएको छ।



आठौँ राष्ट्रिय सम्मेलनले सुनुवार विद्यार्थी समाजका गतिविधिहरूको समीक्षा गर्ने, नयाँ योजना निर्माण गर्ने तथा आगामी रणनीतिहरू निर्धारण गर्ने अवसर प्रदान गर्ने महासचिव सुनुवारले बताइन् ।