रामेछापका पत्रकारलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट निःशुल्क उपचार सेवा

  • प्रकाशित मिति: सोमबार, भाद्र ३० २०८२
  • तामाकोशी

रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लाका पत्रकारहरूलाई निःशुल्क उपचार सेवा दिने निर्णय गरेको छ । चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पत्रकारलाई स्वास्थ्य उपचारमा विशेष सुविधा दिने उद्देश्यले यस्तो निर्णय गरेको हो । चिकित्सालय व्यवस्थापन तथा सञ्चालन समिति बैठकले पत्रकारलाई स्वास्थ्य सेवामा सहयोग गर्ने निर्णय गरेको छ ।

चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीले पत्रकारहरूलाई औषधि बाहेकका सबै उपचार सेवा निःशुल्क उपलब्ध गराइने जानकारी दिनुभयो ।



उहाँका अनुसार वाग्मती प्रदेश सरकारले प्रदेशभरका पत्रकारलाई निःशुल्क स्वास्थ्य बिमा लगायतका सुविधा उपलब्ध गराइरहेको सन्दर्भमा रामेछापका पत्रकारलाई चिकित्सालयमार्फत थप सुविधा दिने निर्णय गरिएको हो ।

‘नेपाल पत्रकार महासंघ रामेछापको परिचयपत्र वा नेपाल सरकारका आधिकारिक निकायमा दर्ता भएका सञ्चारमाध्यमका परिचयपत्र बोकेका पत्रकारहरूलाई निःशुल्क उपचार सेवा दिने निर्णय भएको छ,’ उहाँले बताउनुभयो ।