रामेछापमा आज बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा

  • प्रकाशित मिति: शुक्रबार, भाद्र २७ २०८२
  • तामाकोशी

रामेछाप । जिल्लाको शान्ति–सुरक्षा अवस्थामा खलल पुग्ने सम्भावना बढेसँगै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले शुक्रबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका छन् ।

स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जारी आदेशअनुसार जिल्लाभर प्रदर्शन, जुलुस, हुलदङ्गा, घेराउ वा पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर विरोध कार्यक्रम गर्न पूर्णरूपमा रोक लगाइएको छ ।



जिल्लाको शान्ति सुरक्षा कायम राख्न आदेशको पूर्ण पालना गर्न सर्वसाधारणसँग प्रमुख जिल्ला अधिकारी थापाले आग्रह गरेका छन्।