‘मोडल अफ रामेछाप सिजन–६’ र ‘लिटल मोडल सिजन–५’ हुँदै, भदौ २५ गते फिनाले

  • प्रकाशित मिति: शनिबार, साउन १७ २०८२
  • तामाकोशी

रामेछाप । रामेछाप जिल्लाको सांस्कृतिक, सामाजिक र रचनात्मक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘मोडल अफ रामेछाप’ सिजन–६ र ‘लिटल मोडल अफ रामेछाप’ सिजन–५ सञ्चालन हुने भएको छ।

आयोजक किङस्टार क्रिएशन प्रालिले शनिवार मन्थलीमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो।
कार्यक्रम व्यवस्थापक सुमन खड्काका अनुसार प्रतिभा पहिचान, आत्मविश्वास, प्रस्तुति क्षमता र नेतृत्व विकासका साथै बालबालिका र किशोर किशोरीमा व्यक्तित्व विकासको वातावरण सिर्जना गर्न कार्यक्रम विगत ६ वर्षदेखि सञ्चालन हुँदै आएको छ।



“स्थानीय फेशन, संस्कृति र पर्यटन प्रवद्र्धनसँगै जिल्लाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउने हाम्रो लक्ष्य हो,” खड्काले भने। कार्यक्रमका लागि श्रावण १६ गतेदेखि आवेदन खुला भइसकेको छ। अडिसन श्रावण २३ गते, प्रशिक्षण सत्र श्रावण २४ गतेदेखि भदौ २० गतेसम्म चल्नेछ भने फिनाले सो भदौ २५ गते हुने बताइएको छ।

मोडल अफ रामेछाप र लिटल मोडल अफ रामेछापमा १४ देखि २४ वर्ष उमेर समूहका युवाले सहभागी हुन सक्नेछन्। कार्यक्रम सञ्चालनका लागि ३ लाख ७० हजार रुपैयाँ खर्च हुने र ३ लाख ८० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।