रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ। स्थानीय ३२ वर्षीय रवीन सुनुवारले पारिवारिक नाता पर्ने २७ वर्षीया एलिसा सुनुवारमाथि बुधबार साँझ खुकुरी प्रहार गरेका हुन्।
घटनामा गम्भीर घाइते भएकी एलिसा सुनुवारलाई राति नै प्राथमिक उपचारपछि बिहीबार बिहान हेलिकप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो।
हाल उनको काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ। खुकुरी प्रहारपछि फरार रहेका अभियुक्त रवीन सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई बिहीबार जिल्ला प्रहरी कार्यालय मन्थली ल्याइएको हो। प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ।