रामेछाप । रामेछापको मन्थली विमानस्थललाई स्थायी रूपमा सञ्चालनमा ल्याउने पहलस्वरूप सोमबार स्थल निरीक्षण गरिएको छ। स्थानीय तह, नागरिक उड्डयन प्राधिकरण, नेपाल टेलिकम तथा हवाई विभागका प्रतिनिधिहरूको संयुक्त टोलीले टावर स्थापनाका लागि उपयुक्त स्थानको पहिचान गर्न स्थलगत अध्ययन गरेको हो।
निरीक्षण टोलीले मन्थली नगरपालिका–८ स्थित चिसापानीको भिमसेन थान डाँडासहित विमानस्थल क्षेत्र वरपरका सम्भावित भू–भागहरूको अवलोकन ग¥यो। सो अवसरमा भौगोलिक, प्राविधिक तथा सुरक्षात्मक पक्षबारे विस्तृत छलफल भएको वडा नम्बर ८ का अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो। स्थायी विमानस्थल सञ्चालनका लागि पूर्वाधार विकास आवश्यक रहेको र सोहीअनुसार टावर स्थापना स्थल पहिचान भइरहेको सहभागी निकायहरूले जनाएका छन्। निरीक्षणपछि टोलीले प्रतिवेदन तयार पारेर निर्णयका लागि सम्बद्ध निकायमा पेश गर्ने जनाएको छ।
मन्थली विमानस्थल स्थायी बनाउन टावर स्थल निरीक्षण
- प्रकाशित मिति: सोमबार, असार १६ २०८२
- तामाकोशी