रामेछापका नयाँ प्रहरी प्रमुख भट्टले जिम्मेवारी सम्हाले, डिएसपी सिंहको बिदाइ

  • प्रकाशित मिति: बिहिबार, बैशाख १८ २०८२
  • तामाकोशी

रामेछाप । रामेछाप जिल्लाको नयाँ प्रहरी प्रमुख डिएसपी भोला कुमार भट्टले जिम्मेवारी सम्हाल्नुभएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सरुवा भई आउनुभएका प्रहरी नायव उपरीक्षक भट्टले बिहीबारबाट रामेछाप प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको हो ।
डिएसपी भट्टलाई बिहीबार रामेछापबाट सुरक्षा सेवा व्यवस्थापन महाशाखा सरुवा भई जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंह प्रहरी अधिकृत तथा जवानहरूले भव्य स्वागत गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालयमा रामेछापमा आयोजित “बिदाइ तथा फेरी भेटौला” कार्यक्रममा डिएसपी भट्टले मायाको चिनो प्रदान गरी डिएसपी सिंहलाई बिदाइ गर्नुभयो । कार्यक्रममा डिएसपी सिंहले रामेछाप प्रहरी प्रमुखको जिम्मेवारीमा रहँदा आफ्ना अनुभवहरू व्यक्त गर्दै अमूल्य सुझावहरू दिनुभएको छ । नयाँ प्रहरी प्रमुख डिएसपी भट्टले रामेछापको सुरक्षा व्यवस्थालाई बलियो बनाउन प्रहरी अधिकृत तथा जवानहरूलाई आवश्यक निर्देशनहरू दिनुभएको छ ।