रामेछाप खाँडादेवीका एक पुरुषले गरे श्रीमतीको ह’त्या 

  • प्रकाशित मिति: सोमबार, बैशाख ८ २०८२
  • तामाकोशी

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–७ खाँडादेवीका पदमबहादुर तामाङले आफ्नै श्रीमती माइती तामाङको ह’त्या गरेका छन् । काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर–९ स्थित सानागाउँमा पदमले आइतबार राति करिब साढे ९ बजे श्रीमतीको ह’त्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमतीको ह’त्या गरी उनी भने फरार भएका छन् । ५८ वर्षीय पदमबहादुरले २ महिनाअघि मात्रै ४५ वर्षीया माइती तामाङसँग विवाह गरेका थिए । मृतक माइती राति पूर्व पति तर्फका दुई सन्तानसँग सुतेकी थिइन् ।



यस्तै, ११ वर्षका छोरा र १० वर्षीया छोरी पनि घाइते अवस्थामा फेला परेका छन् । उनीहरूको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । मृ’तकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पदमबहादुरलाई भने प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ ।