रामेछापमा पनि महिलावादी अनुपम अभियान सुरु

  • प्रकाशित मिति: शनिबार, फाल्गुन १७ २०८१
  • शान्ता श्रेष्ठ

रामेछाप । अन्तर पुस्ता महिलावादी मञ्च (आईजीएफएफ) को देशव्यापी महिलावादी अनुपम अभियान अन्तर्गतको साझा कार्यक्रम रामेछापमा पनि सुरु भएको छ । शनिवार रामेछाप सदरमुकाम मन्थली बजारमा ¥याली कार्यक्रम गरी अभियान सुरु गरिएको हो । न्यायिक र समतामूलक समाज निर्माणमा टेवा पु¥याउने उद्देश्यले आईजीएफएफले “देशभर २०८४ मा महिला, हुनुपर्छ पहिला” भन्ने मुल नारा सहित अभियान चलाइरहेको छ ।
सोही कार्यक्रम अन्तर्गत ¥यालीमा समानता सशक्त महिलालाई नेतृत्व, जाने बेला भयो अब डटेर, पाइँदैन हक पछाडि हटेर, वरिपरि होस अब छिटो नारी पुरुष दुबैको अस्तित्व लगायतका नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो । नारा सहितको ¥यालीले मन्थली बजार परिक्रमा गरी देवकोटा चोकमा कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई रामेछाप नगरपालिकाकी निवर्तमान उपप्रमुख सिर्जना खड्का, अनुपम अभियानकी रामेछाप जिल्ला संयोजक अन्जला श्रेष्ठ, आईजीएफएफ रामेछापको अध्यक्ष मञ्जु माझिले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा रामेछापका विभिन्न राजनीतिक दलका महिला नेतृ, विभिन्न सङ्घसंस्थामा आबद्ध महिला, व्यवसायी महिला र सर्वसाधारण महिलाहरूको सहभागिता रहेको थियो ।