रामेछापमा पोखरीमा डुबेको अवस्थामा वृद्धको लास भेटियो

  • प्रकाशित मिति: शनिबार, माघ ५ २०८१
  • तामाकोशी

रामेछाप । रामेछापमा पोखरीमा डुबेको अवस्थामा एक वृद्धको लास भेटिएको छ । जिल्लाको रामेछाप नगरपालिका–८ भंगेरी धारापानीमा सोही वडाको बाबियाखर्क घर भएका ६७ वर्षीय रामकृष्ण बुढाथोकी पोखरीमा डुबेको अवस्थामा शनिबार दिउँसो लास फेला परेको प्रहरीले जनाएको छ ।
बिहीबारबाट हराएका बुढाथोकीको धारापानी स्थित पोखरीमा घोप्टो परेको अवस्थामा लास देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । वृद्धको लास अहिले पोष्टमार्टमको लागी सदरमुकाम मन्थली स्थित मन्थली अस्पतालमा राखिएको छ । घटनाको बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।