रामेछाप । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति रामेछापको अध्यक्षमा पुनः केशव तिम्सिना चयन हुनुभएको छ । बुधवार सदरमुकाम मन्थलीमा सम्पन्न भएको रामेछाप प्याब्सनको छैटौँ जिल्ला अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
नयाँ नेतृत्वको उपाध्यक्षमा तामाकोशी इङ्ग्लिस बोर्डिङ स्कुल मन्थलीबाट पार्वती पाठक, सचिवमा लिटल स्टार इङ्ग्लिस स्कुल मन्थलीबाट रमेश फुयाँल र कोषाध्यक्षमा जिएन इङ्ग्लिस बोर्डिङ स्कुल खाँडादेवी गाउँपालिका माकादुमबाट अनिता कार्की चयन हुनुभएको छ ।
सदस्यहरूमा गङ्गालाल एकेडेमी रामेछापबाट रवीन्द्र कुमार श्रेष्ठ , खिम्ती सनराइज पब्लिक स्कुलबाट खड्ग बहादुर थापा र दीप ज्योति इङ्ग्लिस स्कुल, सालुबाट अनिल श्रेष्ठ चयन हुनुभएको छ । महाधिवेशन प्रतिनिधिमा गङ्गालाल एकेडेमी रामेछापबाट ढाल विक्रम कार्की चयन हुनुभएको छ ।
यसअघि नेपाल सरकारका ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको प्रमुख आतिथ्यता, बागमती प्रदेश सांसद एवं प्रदेश उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठ र प्रदेश सांसद तारानारायण श्रेष्ठ लगायतको उपस्थितिमा अधिवेशनको खुला सत्र सम्पन्न भएको थियो ।
प्याब्सन रामेछापको अध्यक्षमा पुनः केशव तिमल्सिना
- प्रकाशित मिति: बुधबार, पुष १७ २०८१
- तामाकोशी