मन्थली नगरपालिकामा निःशुल्क लोकसेवा तयारी अनलाइन कक्षा सञ्चालन हुने

  • प्रकाशित मिति: आइतबार, मंसिर २ २०८१
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले निःशुल्क लोकसेवा तयारी अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले लोकसेवा आयोग शाखा अधिकृत, नायब सुब्बा, खरिदार वा सो सरहको (प्रथम पत्र) निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्ने भएको हो ।

चालु आर्थिक वर्ष २०८१।०८२ को मन्थली नगरपालिकाको स्वीकृत कार्यक्रम अनुसार विनियोजन भएको बजेटबाट बढीमा ५० जना सहभागीको लागि लोकसेवा आयोग शाखा अधिकृत, नायब सुब्बा, खरिदार वा सो सरहको ( एकीकृत पाठ्यक्रममा आधारित प्रथम पत्र) निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।



अनलाइन तयारी कक्षामा सहभागी हुन चाहने व्यक्तिले यही मङ्सिर १० गतेभित्र निवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ ।