रामेछाप । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा रामेछापका आठ पालिकामध्ये मन्थली नगरपालिका पहिलो बनेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार प्रकाशन गरेको आर्थिक वर्ष २०७९÷०८० को नतिजाको गुणस्तर परीक्षण नतिजा अनुसार मन्थली नगरपालिकाले जिल्लाका अन्य पालिकाको भन्दा बढी अङ्क प्राप्त गरेको छ । ७४.५० अङ्क सहित मन्थली नगरपालिका जिल्लामा पहिलो बन्दा जम्मा ४५.७५ अङ्क प्राप्त गरी लिखुतामाकोशी गाउँपालिका अन्तिम आठौँ स्थानमा परेको छ ।
मन्थली नगरपालिकाले प्रशासकीय प्रबन्धमा ८.५, सङ्गठन तथा प्रशासनमा ७, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७.५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ९.२५, सेवा प्रवाहमा १२.५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ५.७५, सामाजिक समावेशीकरणमा ८.७५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ४.७५ र सहकार्य र समन्वयमा ३.५ अङ्क प्राप्त गरेको छ ।
अन्तिम आठौँ स्थानमा रहेको लिखुतामाकोशी गाउँपालिकाले प्रशासकीय प्रबन्धमा ६, सङ्गठन तथा प्रशासनमा ५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ६.५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ६, सेवा प्रवाहमा ८.४, न्यायिक कार्यसम्पादनमा ६, भौतिक पूर्वाधारमा २, सामाजिक समावेशीकरणमा २.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा २.२५ र सहकार्य र समन्वयमा १ अङ्क मात्रै प्राप्त गरेको छ ।
७४.२५ अङ्क प्राप्त गरी दोस्रो बनेको सुनापति गाउँपालिकाले प्रशासकीय प्रबन्धमा कुल अङ्कको ६, सङ्गठन तथा प्रशासनमा ५.७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ९.५, सेवा प्रवाहमा १२, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ९.५, सामाजिक समावेशीकरणमा ६.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५.२५ र सहकार्य र समन्वयमा ४.७५ अङ्क प्राप्त गरेको छ ।
त्यस्तै ७१.५० अङ्क सहित तेस्रो बनेको रामेछाप नगरपालिकाले प्रशासकीय प्रबन्धमा ८, सङ्गठन तथा प्रशासनमा ४.७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ६, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०, सेवा प्रवाहमा ११.२५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ९.५, सामाजिक समावेशीकरणमा ५.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५.५ र सहकार्य र समन्वयमा ४ अङ्क प्राप्त गरेको छ ।
मन्त्रालयले प्रकाशन गरेको सूचना अनुसार ७० अङ्क सहित चौथो स्थानमा रहेको उमाकुण्ड गाउँपालिकाले प्रशासकीय प्रबन्धमा ८.५, सङ्गठन तथा प्रशासनमा ६, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८.२५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ६.२५, सेवा प्रवाहमा ११.७५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ७.७५, सामाजिक समावेशीकरणमा ७.२५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ४.२५ र सहकार्य र समन्वयमा ३ अङ्क प्राप्त गरेको छ ।
६४ अङ्क सहित पाँचौँ स्थानमा रहेको गोकुलगंगा गाउँपालिकाले प्रशासकीय प्रबन्धमा ८, सङ्गठन तथा प्रशासनमा ४.५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ६, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ६.५, सेवा प्रवाहमा ११.५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ७, सामाजिक समावेशीकरणमा ५.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५ र सहकार्य र समन्वयमा ३ अङ्क प्राप्त गरेको छ ।
६१.२५ अङ्क सहित छैठौँ बनेको दोरम्बा शैलुङ गाउँपालिकाले प्रशासकीय प्रबन्धमा ७.५, सङ्गठन तथा प्रशासनमा ३.५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ४.५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ७, सेवा प्रवाहमा १२, न्यायिक कार्यसम्पादनमा ६, भौतिक पूर्वाधारमा ७.५, सामाजिक समावेशीकरणमा ७, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ४.७५ र सहकार्य र समन्वयमा १.५ अङ्क प्राप्त गरेको छ ।
५७.५० अङ्क सहित सातौँ बनेको खाँडादेवी गाउँपालिकाले प्रशासकीय प्रबन्धमा ८, सङ्गठन तथा प्रशासनमा ४.२५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७.७५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ४.७५, सेवा प्रवाहमा ८.५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ५, सामाजिक समावेशीकरणमा ५.७५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५ र सहकार्य र समन्वयमा ३ अङ्क प्राप्त गरेको छ ।