रामेछाप । रामेछापमा एक वर्षको अवधिमा ट्राफिक नियम विपरीत सञ्चालन भएका झन्डै नौ हजार सवारी साधन कारबाहीमा परेका छन् । गत आर्थिक वर्ष २०८०÷०८१ साना तथा ठुला गरी आठ हजार ८०९ वटा सवारी कारबाहीबाट ८१ लाख ४० हजार ५०० रुपैयाँ राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईँले बताउनुभयो ।
उहाँका अनुसार गत आर्थिक वर्षको साउन महिनामा ३८५ सवारी साधन कारबाहीबाट तीन लाख ७१ हजार ५००, भदौ महिनामा ५५० वटा सवारी कारबाहीबाट पाँच लाख ६ हजार ५०० र असोज महिनामा ७५० वटा सवारी कारबाहीबाट ७ लाख ९ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
त्यसै गरी कार्तिक महिनामा एक हजार ५० सवारी कारबाहीबाट १० लाख १६ हजार ५०० र मङ्सिर महिनामा ७०० सवारी कारबाहीबाट ६ लाख ४५ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन भएको छ । त्यस्तै पौष महिनामा ८०० सवारी कारबाहीबाट ६ लाख ८९ हजार ५०० रुपैयाँ र माघ महिनामा ७५० सवारी कारबाहीबाट ६ लाख २५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
फागुन महिनामा ६५० वटा सवारी कारबाहीबाट पाँच लाख ५६ हजार, चैतमा ७०० सवारी कारबाहीबाट ७ लाख २९ हजार ५००, वैशाखमा ८०० सवारी कारबाहीबाट आठ लाख १२ हजार, जेठमा ९६६ सवारी कारबाहीबाट आठ लाख ५९ हजार र असार महिनामा ७०८ वटा सवारी कारबाहीबाट ६ लाख २८ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख चौलागाईँका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा साना तथा ठुला गरी आठ हजार ८०८ सवारी कारबाहीबाट ८० लाख ५९ हजार रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।
रामेछापमा एक वर्षमा झन्डै ९ हजार सवारी कारबाहीमा
- प्रकाशित मिति: सोमबार, साउन १४ २०८१
- तामाकोशी