रामेछापबाट अवैध रूपमा काठमाडौँ लैजाँदै गरेको बुद्धचित्त प्रहरी नियन्त्रणमा

  • प्रकाशित मिति: बुधबार, असार २७ २०८१
  • तामाकोशी

रामेछाप । रामेछापबाट अवैध रूपमामा काठमाडौँ लैजाँदै गरेको बुद्ध चित्त माला प्रहरीले नियन्त्रणमा लिएको छ । रामेछापको विभिन्न स्थानबाट सङ्कलन गरी काठमाडौँ लैजाँदै गरेको बुद्ध चित्त माला मङ्गलवार इलाका प्रहरी कार्यालय मंगलटारले नियन्त्रणमा लिएको हो । ट्राफिक प्रहरी सहितको संयुक्त सरप्राईज चेकिङ टोलीले सवारी चेकजाँच गर्ने क्रममा तीन वटा मोटरसाइकलमा काठमाडौँ तर्फ अवैध रूपमा कर छली गरी लैजाँदै गरेको बुद्ध चित्त माला नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । पछिल्लो समय रामेछाप जिल्लामा बुद्ध चित्तको दाना चोरीको घटना बढेको छ । बिक्री भएर सुरक्षा गार्ड समेत राखेको बुद्ध चित्तको दाना समेत चोरी हुने गरेको छ । तर रामेछाप प्रहरीले यसरी बुद्ध चित्तको दाना चोरी गर्नेको पहिचान गरी पक्राउ गर्न सकेको छैन ।