रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ सैपु स्थित ढाडे होटेलमा विष सेवन गरी अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ। ढाडे होटेलमा सोमबार सङ्गै बास बसेका उमाकुण्ड गाउँपालिका–४ प्रीतिका तोरणमाया सुनुवार र सागर बस्नेत मङ्गलवार बिहान विष सेवन गरी अचेत अवस्थामा फेला परेका थिए । अचेत अवस्थामा फेला परेका बस्नेतको सदरमुकाम मन्थली स्थित रामेछाप सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लिखुतामाकोशी गाउँपालिका–२ सैपुका वडा अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए । तोरणमाया सुनुवारलाई भने थप उपचारका लागि राजधानी काठमाडौँ पठाइएको वडा अध्यक्ष पौडेलको भनाइ छ ।
रामेछापको सैपुमा विष सेवन गरी अचेत अवस्थामा भेटिएका पुरुषको मृत्यु, महिलालाई काठमाडौँ लगियो
- प्रकाशित मिति: मंगलबार, असार २६ २०८१
- तामाकोशी