रामेछाप । शुक्रवार रातीदेखिको अविरल वर्षाको कारण रामेछापको मुख्य नदी तामाकोशी र सुनकोशीमा जल सतह बढेको छ । यी दुई वटा नदीमा पानीको बहाव पढेपछि जिल्ला प्रहरी कार्यालय रामेछापले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन माइकिङ मार्फत आग्रह गरेको छ । सुनकोशी, तामाकोशी लिखु सहित जिल्लाका ठुला नदी र खोला किनारामा रहेका बासिन्दालाई उच्च सतर्क रहन माइकिङ मार्फत आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले बताए । जिल्लाभित्र मुख्य सडक अवरुद्ध नभए पनि नदीहरूमा जल सतह निकै बढेको बताउँदै सतर्क रहन नदी किनाराका बासिन्दालाई आग्रह गरिएको डिएसपी सिंहको भनाइ छ ।
तामाकोशी र सुनकोशीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन रामेछाप प्रहरीको माइकिङ
- प्रकाशित मिति: शनिबार, असार २३ २०८१
- तामाकोशी