रामेछापमा सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जना पक्राउ

  • प्रकाशित मिति: सोमबार, जेष्ठ ७ २०८१
  • तामाकोशी

रामेछाप । रामेछापको सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जना पक्राउ परेका छन् । रामेछाप नगरपालिका–८ स्थित कात्तिके टोलका ७० वर्षीय अमरबहादुर मगर वनमा आगो लगाउँदै हिँडेको अवस्थामा पक्राउ परेका हुन् । उनले वनमा आगो लगाउँदै गरेको अवस्थामा स्थानीयले देखपछि प्रहरीलाई खबर गरेका थिए । सो स्थानीयको गोप्य सूचनाको आधारमा रामेछापबाट खटिएको प्रहरीले टोलीले उनलाई शुक्रवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पक्राउ परेका उनलाई डिभिजन वन कार्यालय रामेछाप डाँडाबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको रामेछापका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दिनेश थापाले जानकारी दिनुभयो । रामेछापमा यसअघि पनि वनमा आगो लगाउँदै हिँडेको आरोपमा दुई जना पक्राउ परेका थिए ।