सुनापति गाउँपालिकामा एकल पुरुष तथा वृद्ध कन्यालाई भत्ता

  • प्रकाशित मिति: बुधबार, जेष्ठ २ २०८१
  • तामाकोशी

रामेछाप । रामेछापको एक गाउँपालिकाले एकल पुरुष तथा वृद्ध कन्यालाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ । जिल्लाको सुनापति गाउँपालिकाले ५० वर्ष कटेका एकल पुरुष तथा विवाह नगरी बसेका वृद्ध कन्याहरूलाई मासिक भत्ता प्रदान गरेको हो । पाँच वटा वडा रहेको यो गाउँपालिकाका एक सय भन्दा बढी एकल पुरुष तथा वृद्ध कन्याहरूले मासिक एक हजारका दरले भत्ता पाइरहेका छन् ।

‘‘एकल पुरुष तथा विवाह नगरी बसेका वृद्ध कन्याहरूको अवस्था दुःख लाग्दो भएको गुनासो आएपछि गाउँपालिकाले एकल पुरुष तथा वृद्ध कन्या भत्ता प्रदान गरेको हो । अहिले गाउँपालिकाको पाँच वटा वडाका गरी ११६ जना लाभग्राहीहरूले मासिक एक हजार रुपैयाँका दरले एकल पुरुष तथा वृद्ध कन्या भत्ता पाइरहेका छन्।’’



पाँच वटा वडाका ११६ जना लाभग्राहीलाई गाउँपालिकाले एकल पुरुष तथा वृद्ध कन्या भत्ता प्रदान गरिरहेको सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘‘एकल पुरुष तथा विवाह नगरी बसेका वृद्ध कन्याहरूको अवस्था दुःख लाग्दो भएको गुनासो आएपछि गाउँपालिकाले एकल पुरुष तथा वृद्ध कन्या भत्ता प्रदान गरेको हो । अहिले गाउँपालिकाको पाँच वटा वडाका गरी ११६ जना लाभग्राहीहरूले मासिक एक हजार रुपैयाँका दरले एकल पुरुष तथा वृद्ध कन्या भत्ता पाइरहेका छन्।’’ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले गएको असार महिनादेखि मङ्सिर महिनासम्म सात लाख पाँच हजार रकम एकल पुरुष तथा वृद्ध कन्या भत्तामा खर्च भएको बताउनुभयो ।
एकल पुरुष तथा वृद्ध कन्याको जीवन सहज बनाउन सहयोग गर्ने उद्देश्यसहित एकल पुरुष तथा वृद्ध कन्या भत्ता प्रदान गरिएको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले बताउनुभयो । गाउँपालिका अध्यक्ष तामाङले भन्नुभयो ‘‘सङ्घीय सरकारले एकल महिलालाई मात्र भत्ता उपलब्ध गराउँछ । हामीले ५० वर्ष माथिका एकल पुरुष र वृद्ध कन्यालाई पनि भत्ता दिइरहेका छौँ । यसले पुरुष र वृद्ध कन्या दुवैलाई जीवन चलाउन थोरै भए पनि सहयोग पुगेको छ ।’’
गाउँपालिकाले द्धन्द्धपीडितलाई पनि मासिक एक हजार देखि एक हजार पाँच सय रुपैयाँसम्म भत्ता दिने तयारी गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘गाउँपालिकामा द्वन्द्वपीडितहरू धेरै छन् । उनीहरूको पनि धेरै गुनासो छ । द्धन्द्धपीडितको गुनासो सम्बोधन गर्ने गरी गाउँपालिकाले काम गरिरहेकै छ । अब द्वन्द्वपीडितलाई पनि भत्ता दिनका लागि कार्यविधि बनाउने तयारी भइरहेको छ ।’’