रामेछाप । रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँमा सञ्चालित एकीकृत घुम्ती सेवा अन्तरगत स्वास्थ्य शिविरबाट ४१३ जनाले सेवा लिएका छन् । आइतबार नगरपालिकाबाट चालु आर्थिक वर्ष २०८०÷०८१ को हालसम्म प्रवाह भएको सार्वजनिक सेवाको प्रभावकारिता तथा विकास निर्माणको गुणस्तरीयता विषयक सार्वजनिक सुनुवाइका अवसरमा पुरानागाउँमा एकीकृत घुम्ती सेवा पनि सञ्चालन भएको हो । एकीकृत घुम्ती सेवा अन्तरगत सञ्चालन भएको स्वास्थ्य शिविरबाट १४२ जना पुरुष र २७१ जना महिलाले सेवा लिएको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य शिविरबाट १६४ जनाले जनरल सेवा, १५० जनाले आँखा सेवा, ५२ जनाले स्त्रीरोग सेवा र ४७ जनाले दन्त सेवा लिएका छन् । त्यसै गरी १५३ जनाले प्रयोगशाला सेवा समेत लिएका स्वास्थ्य शाखा प्रमुख फुयाँलले बताउनुभयो ।
