रामेछाप । रामेछाप सदरमुकाम मन्थली स्थित खाँद बारीमा घरको ताल्चा फुटाएर चोरी गर्ने पक्राउन परेका छन् । वैशाख १ गते राती खाँद बारी रणजोर खोला नजिकै टिका बहादुर मगरको घरको मूल ढोकाको ताल्चा फुटाई घर भित्र प्रवेश गरी चोरी गर्ने मन्थली नगरपालिका १ कै रामबहादुर कार्की पक्राउ परेका हुन् । चोरी गरेको आशङ्कामा वैशाख १४ गते पक्राउ गरिएको कार्कीमाथि गहन रूपमा अनुसन्धान गर्दा उनले चोरी गरेको तामा पितलको गाग्री २ थान, झर्का थाल २ थान, ढलौटको अम्खोरा २ थान सहित अन्य भाँडा बर्तन सिन्धुली खुर्कोटमा लागि पर्सा जिल्ला वीरगन्ज महानगर पालिका २२ मतियारी बस्ने श्यामबाबु सोनारलाई बिक्री बितरण गरेको खुलेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । अहिले श्यामबाबुलाई पनि चोरीको सामान सहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
मन्थलीमा घरको ताल्चा फुटाएर चोरी गर्ने पक्राउ
- प्रकाशित मिति: शनिबार, बैशाख २९ २०८१
- तामाकोशी