अनेरास्ववियु रामेछापको आयोजनामा मन्थली क्याम्पसमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

  • प्रकाशित मिति: आइतबार, चैत्र ४ २०८०
  • तामाकोशी

रामेछाप । अनेरास्ववियु मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस कमिटी मन्थलीले विद्यार्थी बिच निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा विनीता श्रेष्ठ, मनीषा बुढाथोकी, रोज तामाङ र अस्वीन पौडेलले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नुभएको छ । उहाँहरूले नगद ३ हजार, २ हजार, १ हजार र ५ सय पुरस्कार जित्नु भएको छ । प्रतियोगितामा १३ जना विद्यार्थीले भाग लिनुभएको थियो । अनेरास्ववियु क्याम्पस कमिटी संयोजक जोहोनसोन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संगठन स्थायी कमिटी सदस्य एवम् वाग्मती प्रदेश सहइञ्चार्ज सागरहरि अधिकारीको प्रमुख आतिथ्यता भएको हो । कार्यक्रममा संगठन जिल्ला अध्यक्ष पुष्कर भट्टराई, सहसचिव सुशील थापा र मुकेश भण्डारी डेनिस, क्याम्पस प्रमुख डा। भरतकुमार श्रेष्ठ, संगठनका नगर अध्यक्ष उत्सव खत्री, जिल्ला कमिटी सदस्य एवम् महिला विभाग प्रमुख विनीता श्रेष्ठ, सुदिप कार्की लगायतको उपस्थिति थियो । अनेरास्ववियु रामेछाप र मातहतका कमिटीहरूले विद्यार्थीको क्षमता विकासको लाग विभिन्न रचनात्मक क्रियाकलाप गरिरहेका छन् । अनेरास्ववियुले राजनीति मात्र होइन, विद्यार्थीको क्षमता विकासको लागि रचनात्मक काम पनि गर्ने कुराको सन्देश दिन यस्ता कार्यक्रम निरन्तर सञ्चालन भइरहेका र यसलाई निरन्तरता दिने अनेरास्वविवयु रामेछापका अध्यक्ष पुष्कर भट्टराईले बाउनुभयो ।