नेकपा एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चको १२ औँ सम्मेलनको तयारी पूरा

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन २४ २०८०
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चको फागुन २६ गते शनिवार आयोजना हुने १२ औँ सम्मेलनको तयारी पूरा भएको छ । पार्टी केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठान च्यालनमा आयोजना हुने सम्मेलनको सबै तयारी पूरा भएको सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठले बताउनुभयो । सम्पर्क मञ्चको सम्मेलनको तयारी बारे जानकारी दिन प्रेस चौतारी नेपाल रामेछापले बिहीबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो । अध्यक्ष श्रेष्ठका अनुसार अधिवेशनमा ८ वटा पालिका र अन्य जनसङ्गठनबाट सदस्य सङ्ख्याको आधारमा कुल ३३४ जना प्रतिनिधि सहभागी हुनेछ ।
अधिवेशनमा सबैभन्दा धरै खाँडादेवी गाउँपालिकाबाट १११ जना प्रतिनिधि सहभागी हुनेछ भने सबैभन्दा कम उमाकुण्ड गाउँपालिकाबाट १२ जना प्रतिनिधि सहभागी रहनेछ । मन्थली नगरबाट ५१ जना, रामेछाप नगरबाट २६ जना, लिखु तामाकोशी गाउँपालिकाबाट ४१ जना र दोम्बार शैलुङ गाउँपालिकाबाट २५ जना प्रतिनिधि सहभागी हुनेछ । गोकुलगंगाका गाउँपालिकाबाट र सुनापती गाउँपालिकाबाट समान १९÷१९ जना प्रतिनिधि छनोट भएका छन । आयोजक कमिटी, सल्लाहकार र जन वर्गीय सङ्गठनबाट समेत अधिवेशनमा प्रतिनिधि सहभागी हुँदै छन ।