किसानलाई ५० प्रतिशत अनुदानमा गोला सहितको मौरी घार

  • प्रकाशित मिति: बुधबार, फाल्गुन १६ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ सैपुले ५० प्रतिशत अनुदानमा किसानलाई अनुदानमा गोला सहितको मौरी घार वितरण गर्ने भएको छ । वडा कार्यालयको चालु आर्थिक वर्ष २०८०÷०८१ को वडा स्तरीय वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा गोला सहितको मौरी घार वितरण गर्ने गर्न लागिएको लिखुतामाकोशी गाउँपालिका–२ सैपुका वडा अध्यक्ष सन्तोष पौडेलले बताउनुभयो । उहाँका अनुसार वडा कार्यालयले एक सूचना मार्फत इच्छुक मौरी पालक कृषक, कृषि फार्म, कृषक समूह, सहकारीले यहीँ फागुन २८ गतेभित्र तोकिएको कागजात सहित माग निवेदन पेस गर्न सक्नेछन् ।