अनेरास्ववियु खाँडादेवी गाउँपालिका कमिटीको अध्यक्षमा दीपेन्द्र खड्का चयन

  • प्रकाशित मिति: सोमबार, माघ १५ २०८०
  • तामाकोशी

रामेछाप । नेकपा एमालेको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु ) खाँडादेवी गाउँपालिका कमिटीको अध्यक्षमा दीपेन्द्र खड्का चयन हुनुभएको छ ।

सोमबार भएको अनेरास्ववियु खाँडादेवी गाउँपालिका कमिटीको दोस्रो अधिवेशनले दीपेन्द्र खड्काको नेतृत्वमा ३७ सदस्यीय नयाँ कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो । गाउँपालिका कमिटीको उपाध्यक्षमा रूपक श्रेष्ठ र नरेश मोक्तान चयन हुँदा सचिवमा शान्तिका बुढाथोकी चयन हुनुभएको छ । त्यसै गरी सहसचिवमा शर्मिला तामाङ, सुमन खत्री र कोषाध्यक्ष रिता रोक्का चयन हुनुभएको छ । निवर्तमान पालिका कमिटी कोषाध्यक्ष शान्तिका बुढाथोकीको अध्यक्षता र अनेरास्ववियु केन्द्रीय कमिटी सचिव एवम् प्रदेश इन्चार्ज डा. सुजन कडरियाको प्रमुख आतिथ्यतामा अनेरास्ववियु खाँडादेवी गाउँपालिका कमिटीको दोस्रो अधिवेशन उद्घाटन भएको थियो । कार्यक्रममा एमाले रामेछापका उपसचिव प्रकाशकुमार कार्की, अनेरास्ववियु स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश सह इन्चार्ज सागरहरि अधिकारी, अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराई लगायतका नेताहरूको सहभागिता रहेको थियो ।