रामेछाप । रामेछापमा आफ्नै विद्यार्थीलाई बलात्कार प्रयास गर्ने शिक्षक पक्राउ परेका छन् । आफ्नै विद्यार्थीलाई बलात्कारको प्रयास गरेको आरोपमा जिल्लाको लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङस्थित नवदर्शन माविका शिक्षक मानबहादुर सार्की सोमबार पक्राउ परेका हुन् ।
कक्षा ९ मा अध्ययनरत एक छात्रालाई गत मङ्सिर २६ गते विद्यालय समयपछि प्रश्न पत्र दिने भन्दै सार्कीले आफ्नै घर नजिकै कोही नभएको पुरानो घरमा लगेर बलात्कार प्रयास गरेको भन्दै आइतबार जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी परेको थियो । जाहेरीपछि प्रहरीले सार्कीलाई सोमबार पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । बालिकाले आफूलाई शिक्षक सार्कीले प्रश्न पत्र दिने भनेर फकाएर आफ्नो घरनजिकै रहेको पुरानो घरमा लगेको र संवेदनशील अङ्ग समाई बलात्कार गर्ने प्रयास गरेको भन्दै आइतबार जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताउनुभयो ।
शिक्षक सार्की गाउँपालिकाले दिएको अनुदानबाट तलब भत्ताबाट पढाउने करारका शिक्षक हुन् । राजनीतिक रूपमा पनि घटनालाई स्थानीय स्तरमा मिलाउन ठुलै चलखेल भएको गुनासो व्यापक आएको थियो ।
रामेछापमा आफ्नै विद्यार्थीलाई बलात्कार गर्न खोज्ने शिक्षक पक्राउ
- प्रकाशित मिति: सोमबार, पुष २ २०८०
- तामाकोशी