जबरजस्ती करणी गरेको आरोपमा उमाकुण्ड गाउँपालिकाका एक पुरुष पुर्पक्षका लागि थुनामा

  • प्रकाशित मिति: मंगलबार, असोज २३ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाका एक पुरुष जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा गएका छन् । रामेछाप जिल्ला अदालतले उमाकुण्ड गाउँपालिका–३ का ४७ वर्षीय दिलबहादुर कार्कीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । कार्कीले उमाकुण्ड गाउँपालिका–५ की २८ बर्षीया महिलालाई असोज ४ गते दिउँसो जबरजस्ती करणी गरेको भन्दै प्रहरीकोमा उजुरी परेको थियो । उजुरीका आधारमा पक्राउ परेका कार्कीलाई अदालतले सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको रामेछापका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक शैलेन्द्र कुमार खड्काले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभयो ।