रामेछाप । रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापामगर नेपाल उद्योग वाणिज्य महासङ्घको कानुन न्याय तथा संसदीय मामिला समितिमा मनोनीत हुनु भएको छ । आइतबार नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले थापामगरलाई उक्त समितिको सदस्यमा मनोनीत गर्नुभएको हो । थापामगर मनोनीत हुनुभएको कानुन न्याय तथा संसदीय मामिला समितिको सभापतिमा डा. रामशरण थपलिया हुनुहुन्छ ।
