खाँडादेवी गाउँपालिकामा ७ दिने माहुरी पालन तालिम सम्पन्न

  • प्रकाशित मिति: आइतबार, भाद्र १७ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको खाँडदेवी गाउँपालिकामा एक हप्ते माहुरी पालन तालिम सम्पन्न भएको छ । किसानलाई व्यावसायिक माहुरी पालनमा लगाउने उद्देश्यले भदौ १० गतेबाट सञ्चालन भएको तालिम भदौ १६ शनिवार सम्पन्न भएको हो । खाँडादेवी गाउँपालिकासँगको सहकार्यमा सामुदायिक विकास समाज (सिडिएस) मन्थलीको आयोजनामा माहुरी पालन तालीम सम्पन्न गरिएको हो । खाँडादेवी गाउँपालिकाका १८ जना माहुरी पालक किसानहरूको सहभागिता रहेको तालिममा एक सातासम्म माहुरी पालन व्यवसाय, गोला विभाजन, शत्रु व्यवस्थापन, मौरीमा लाग्ने रोग उपचार विधिलगायत बारेमा प्रशिक्षण दिइएको सामुदायिक विकास समाज (सिडिएस) मन्थलीका फिल्ड संयोजक शुकराम घिसिङले जानकारी दिनुभयो । तालिम प्राविधिक तथा व्यावसायिक सीप र कृषि तालिम मार्फत रोजगारी सिर्जना तथा उद्यमशील प्रवर्द्धन परियोजना मार्फत तालिम सञ्चालन गरिएको हो ।