रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा जापानी भाषाको पढाई सुरु भएको छ । बिहीबार देखि क्रियटिभ एन्ड हब प्रालिले जिल्लामा जापनिज भाषा सिकाउन थालेको हो । अब आफ्नै जिल्लामा बसेर जापानी लगायत अन्य भाषाका कक्षा लिन सकिने र भाषा अध्ययन कै लागि काठमाडौँ सम्म धाउन नपर्ने प्रालिका सञ्चालक कुमार श्रेष्ठले बताउनुभयो । प्रालिले जिल्लाबाटै जापान, युके, अस्ट्रेलिया, क्यानडा लगायत देशका विश्व विद्यालयहरू सँग परामर्श गर्ने तयारी गरिरहेको अर्का सञ्चालक सुन्दर घिमिरेले बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट बुकिङ सुविधा पनि उपलब्ध गराउने तयारी भइरहेको उहाँको भनाइ छ । रामेछापबाट धेरै विद्यार्थी काठमाण्डौं लगायत अन्य सहरहरूमा ठुलो लगानी गरेर भाषा अध्ययनको लागि जान बाध्य भएको अवस्थालाई मध्यनजर गर्दै भाषा पढाउने र वैदेशिक रोजकारीका लागि परामर्श दिने गरी प्रालि सञ्चालनमा ल्याएको सञ्चालक श्रेष्ठले बताउनुभयो।
रामेछापको मन्थलीमा जापनिज भाषाको पढाई सुरु
- प्रकाशित मिति: आइतबार, भाद्र १० २०८०
- तामाकोशी