रामेछाप । रामेछापको मन्थलीमा सञ्चालित मन्थली नगर अस्पतालले आफ्नो सेवालाई विस्तार गर्दै लगेको छ । रामेछाप जिल्लामा रहेका दुई नगरपालिका र ६ वटा गाउँपालिकाको केन्द्र सदरमुकाम मन्थलीमा रहेको यो अस्पताल सेवा विस्तारपछि थप सुविधा सम्पन्न बनेसँगै बिरामीको चाप पनि बढेको छ ।
अहिले दैनिक २०० बढी बिरामी अस्पताल आउछन् । उपचारका लागि अस्पताल आउने मध्ये धेरै भाइरल ज्वरोका बिरामी छन् ।’’ उहाँका अनुसार मन्थली अस्पतालमा अहिले एक जना एमडिजीपी एन्ड इमर्जेन्सी फिजिसियन सहित चार जना डाक्टर छन् । मन्थली अस्पताले आवश्यक मात्रामा औषधीको व्यवस्थापन गर्न सकेन भन्ने सेवाग्राहीको गुनासो रहेकाले अस्पतालले सेवाग्राहीको गुनासो समाधानका लागि नगरपालिकासँग समन्वय गरेर औषधीको व्यवस्थापन गर्न लागिएको अस्पतालको प्रमुख डा. क्षेत्रीले बताउनुभयो । मन्थली अस्पताललाई दैनिक ५० हजार रुपैयाँको औषधी आवश्यक पर्छ, यसलाई हेर्दा एक महिनामा १५ लाखको औषधी चाहिन्छ, अहिले नगरपालिकाले टेन्डर गरेको ५० लाख रुपैयाँको औषधी केही दिनमा आउँछ उहाँले भन्नुभयो ।
मन्थली अस्पतालमा अहिले रामेछाप सहित छिमेकी ओखलढुङ्गा, दोलखा, सोलुखुम्बु र सिन्धुली जिल्लाका नागरिक उपचारका लागि आउने गरेका छन् । मन्थली नगरपालिकाले मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको मन्थली अस्पतालमा स्तरोन्नति गरी सञ्चालन गरेको डेढ वर्ष भयो । यो अवधिमा सेवा ग्राहीहरूलाई प्रभावकारी स्वास्थ्य उपचार सेवा प्रदान गर्न अस्पतालले धेरै सेवाहरूको विस्तार गरिसकेको छ ।
मन्थली अस्पतालले २४ घण्टे इमरजेन्सी सेवा, शल्यक्रिया सहितको प्रसूति सेवा दिँदै आएको छ । एक जना एमडिजीपी एन्ड इमर्जेन्सी फिजिसियन सहित चार जना डाक्टर रहेको मन्थली अस्पतालले ओपिडी, रेडियोलोजी सेवा ,थेरापी सेवा, डेनटल सेवा, पोस्टमार्टम, आँखा केन्द्र, ल्याब, फार्मेसी लगायत अन्य सेवा दिँदै आएको छ । मन्थली अस्पतालबाट साप्ताहिक रूपमा खोप सेवा पनि सञ्चालन हुने गरेको छ । मन्थली नगरपालिकाले सञ्चालन गरेको मन्थली नगर अस्पताल सुविधा सम्पन्न बन्दै गएको सेवाग्राही विपिन भट्टराईले बताउनुभयो । ‘अस्पताले धेरै थरीका स्वास्थ्य उपचार सेवा सञ्चालन गरेपछि रामेछाप लगायत अन्य जिल्लाबाट पनि धेरै बिरामी उपचारका लागि आएका छन्, यो अस्पताल मन्थली नगरपालिकाको गर्व गर्न लायक बनेको छ’, उहाँले भन्नुभयो ।
अस्पतालले अब स्वास्थ्य बिमा मार्फत नागरिकले पाउने औषधी पर्याप्त मात्रामा व्यवस्थापन गर्न सके अझै राम्रो हुने उहाँको सुझाव छ । मन्थली अस्पताल धेरै थरीका स्वास्थ्य उपचार सेवा रहे पनि उपचारका लागि लामो समय पर्खनु पर्ने बाध्यता रहेको मन्थली नगरपालिका–९ पुरानागाउँकी ७६ वर्षिया धनमाया श्रेष्ठ बताउनुहुन्छ । ‘अस्पतालमा राम्रो उपचार भएर त होला नि मान्छेको भिड हुन्छ, तर उपचारका लागि धेरै समय कुर्नुपर्दा हामी जस्ता बुढा बुढीलाई चाहिँ अलि समस्या हुन्छ’, उहाँले भन्नुभयो ।
दैनिक दुई सय बिरामीलाई उपचार सेवा
मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट १५ शय्याको मन्थली अस्पतालमा विकास भएको डेढ वर्षको समयमा मन्थली अस्पताले भौतिक संरचनाको व्यवस्थापन सहित आफ्ना सेवाहरूलाई पनि विस्तार गरेको छ । धेरै थरीका स्वास्थ्य उपचार सेवा उपलब्ध हुँदा अस्पतालमा उपचारका लागि आउनेको भिड नै लाग्ने गरेको छ । अस्पतालको सेवा लिन आएका बिरामीलाई अस्पतालले टोकनको व्यवस्थापन गरेको छ । टोकन अनुसार लाइनमा बसेका बिरामीलाई अस्पतालले सेवा उपलब्ध गराउँदै आएको छ ।
अहिले अस्पतालमा उपचारका लागि दैनिक २०० बिरामी आइरहेको मन्थली अस्पतालका प्रमुख डाक्टर समीर क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘पछिल्लो समय अस्पताले आउने बिरामी अत्यधिक मात्रामा बढेका छन् । अहिले दैनिक २०० बढी बिरामी अस्पताल आउछन् । उपचारका लागि अस्पताल आउने मध्ये धेरै भाइरल ज्वरोका बिरामी छन् ।’’ उहाँका अनुसार मन्थली अस्पतालमा अहिले एक जना एमडिजीपी एन्ड इमर्जेन्सी फिजिसियन सहित चार जना डाक्टर छन् । मन्थली अस्पताले आवश्यक मात्रामा औषधीको व्यवस्थापन गर्न सकेन भन्ने सेवाग्राहीको गुनासो रहेकाले अस्पतालले सेवाग्राहीको गुनासो समाधानका लागि नगरपालिकासँग समन्वय गरेर औषधीको व्यवस्थापन गर्न लागिएको अस्पतालको प्रमुख डा. क्षेत्रीले बताउनुभयो । मन्थली अस्पताललाई दैनिक ५० हजार रुपैयाँको औषधी आवश्यक पर्छ, यसलाई हेर्दा एक महिनामा १५ लाखको औषधी चाहिन्छ, अहिले नगरपालिकाले टेन्डर गरेको ५० लाख रुपैयाँको औषधी केही दिनमा आउँछ उहाँले भन्नुभयो ।
अस्पताल सञ्चालन भएको डेढ वर्षमा विभिन्न चुनौतीहरूलाई चिर्दै नागरिकलाई प्रभावकारी सेवा दिन मन्थली अस्पताल सफल भएको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँल बताउनुहुन्छ । फुयाँलले भन्नुभयो ‘‘प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पताल बनाएर चलाउन सकिन्छ कि सकिँदैन भन्ने थियो । अहिले विभिन्न चुनौतीहरूलाई चिर्दै अस्पतालले प्रभावकारी सेवा दिइरहेको छ। निर्माणाधीन भवन चाडै सम्पन्न हुने चरणमा छ । सुविधा सम्पन्न भवन बनेपछि अस्पतालको सेवा झनै प्रभावकारी हुन्छ ।’’ मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पतालमा स्तरोन्नति गरी मन्थली नगरपालिकाले २०७८ माघ २८ गतेबाट सञ्चालनमा ल्याएको थियो ।
नौ करोड ३२ लाख लगानीमा सुविधा सम्पन्न भवन बन्दै
मन्थली अस्पतालमा वाग्मती प्रदेश सरकारको लगानीमा सुविधा सम्पन्न भवन निर्माणको काम भइरहेको छ । वाग्मती प्रदेश सरकारको लगानीमा सघन सहरी तथा भवन निर्माण आयोजना रामेछाप मार्फत नौ करोड, ३२ लाख, ५० हजार ९८६ रुपैयाँ लगानीमा भवन निर्माणको काम जारी छ । २०७९ मङ्सिरसम्म निर्माण सम्पन्न गर्ने गरी श्री गाल्वा÷लाल शुभ मेन्द्रो जेभी काठमाडौँसँग २०७८ जेठ ३० गते अस्पताल निर्माणको सम्झौता भएको थियो । तर २० प्रतिशत पनि काम नसकी निर्माण व्यवसायी सम्पर्क विहीन भएपछि झन्डै ६ महिना अस्पताल निर्माणको काम अलपत्र बनेको थियो । निर्माणको जिम्मा लिएको लाल शुभ मेन्द्रो सम्पर्कमा विहीन भएपछि उसको पार्टनर निर्माण कम्पनी गाल्वाले गत माघ महिनाबाट अस्पताल निर्माणको काम सुरु गरेको हो । मन्थली नगरपालिकाले मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको मन्थली अस्पतालमा स्तरोन्नति गरी मन्थली नगरपालिकाका निवर्तमान प्रमुख रमेश कुमार बस्नेतले अस्पतालको २०७८ भदौ १० गते शिलान्यास गर्नुभएको थियो । ‘आगामी पुस महिनासम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण व्यवसायी सजन श्रेष्ठले बताउनुभयो । पछिल्लो समय अस्पताल निर्माणको काम प्रगति मूलक नै छ, अस्पताल भवनमा ढलानको काम सम्पन्न भइसकेको र अहिले अन्य काम जारी छ, चाडै निर्माण सकेर हस्तान्तरण गर्ने योजनाका साथ काम भइरहेको छ’, उहाँले भन्नुभयो ।
