रामेछाप । रामेछापमा घाँस काट्न गएका एक वृद्धको लडेर ज्यान गएको छ । आइतबार बिहान आफ्नै बारीमा घाँस काट्न गएका रामेछाप नगरपालिका वडा नं ७ धिपीडाँका ६८ वर्षका निर बहादुर खड्काको लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीका अनुसार मृतक खड्का आइतबार बिहान ७ बजे घरबाट पाँच सय मिटर टाढा रहेको आफ्नै खरवारिमा घाँस काट्न भनी गएका थिए । अबेर सम्म पनि घर नफर्केपछि खोज्दै जाँदा खरवारिबाट अन्दाजी १५ मिटर तल खसेर मृत्यु भइसकेको अवस्थामा आफन्तहरूले फेला पारेका थिए । त्यसपछि आइतबार दिउँसो साढे एक बजे आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
रामेछापमा घाँस काट्न गएका एक वृद्धको लडेर ज्यान गयो
- प्रकाशित मिति: सोमबार, साउन २९ २०८०
- तामाकोशी