रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं ४ दार्खा स्थित एक घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा सात लाख बढीको क्षति भएको छ । शनिवार दिउँसो दोरम्बा शैलुङ गाउँपालिका ४ दार्खा स्थितमा दिनेश मगरको इट्टा र सिमेन्टको गारो लगाएको जस्ताले छाएको एक तले घरमा विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । आगलागीबाट मानवीय तथा चौपाया क्षति नभए पनि घर भित्र रहेको नगद ६५ हजार , आदी तोला सुन, अन्नपात,लत्ताकपडा, भाडा वर्तन र घर समेत गरी अन्दाजी ७ लाख २१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ । आगो प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।
दोरम्बा शैलुङ गाउँपालिका दार्खा स्थित एक घरमा आगलागी, सात लाख बढीको क्षति
- प्रकाशित मिति: आइतबार, साउन २८ २०८०
- तामाकोशी