पत्रकार सुमित श्रेष्ठ र रिता मगर सम्मानित

  • प्रकाशित मिति: शनिबार, साउन २७ २०८०
  • तामाकोशी

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)रामेछापबाट पत्रकार सुमित श्रेष्ठ र रिता मगर सम्मानित हुनुभएको हो । फोनिजको स्थापना दिवसको अवसरमा रामेछाप फोनिजले हरेक वर्ष प्रदान गदै आएको फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार २०८० बाट पत्रकार सुमिति श्रेष्ठ र उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार २०८० बाट रिता मगर सम्मानित भएको हो ।
फोनिजको २४ औ स्थापना दिवसका अवसर शनिवार मन्थलीमा भएको सम्मान कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ र फोनिज वाग्मती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले पत्रकार श्रेष्ठलाई नगद पाँच हजार रुपैयाँ र मगरलाई नगद दश हजार रुपैयाँ सहित दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गर्नुभएको हो । फोनिज रामेछापले हरेक वर्ष फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार अन्तरगत पाँच हजार रुपैयाँ नगद, प्रमाणपत्र सहित दोसल्ला ओढाएर एक जना र उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार अन्तरगत दश हजार रुपैयाँ नगद, प्रमाणपत्र सहित दोसल्ला ओढाएर एक जना पत्रकारलाई सम्मान गर्दै आएको छ । कार्यक्रम फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षता, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ र फोनिज वाग्मती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठको विशेष आतिथ्ययतामा भएको हो ।