दोलखामा बस दुर्घटना हुँदा २२ जना घाइते

  • प्रकाशित मिति: शुक्रबार, साउन २६ २०८०
  • तामाकोशी

दोलखा । दोलखाको वैतेश्वर र तामाकोशी गाउँपालिकाको सिमाना गोपी खोलामा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । वैतेश्वर गाउँपालिका १ गैरीमुदीबाट काठमाडौँका लागि छुटेको बा २ ख ५४२९ नम्बरको को यात्रुवाहक बस गोपी खोलामा दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् । शुक्रवार बिहान ९ बजे अनियन्त्रित भएर बस सडकबाट २० मिटर तल खसेको दोलखा प्रहरीले जनाएको छ । घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरी दोलखाको सामुदायिक अस्पताल र च्छो रोल्पा अस्पतालमा उपचार भइरहेको छ ।