समाजवादी प्रेस सङ्गठन रामेछापको अध्यक्षमा कैलाश खत्री चयन

  • प्रकाशित मिति: शनिबार, साउन २० २०८०
  • तामाकोशी

रामेछाप । नेकपा एकीकृत समाजवादी निकट पत्रकारको सङ्गठन समाजवादी प्रेस सङ्गठन नेपाल रामेछापको अध्यक्षमा कैलाश खत्री चयन हुनुभएको छ । शनिवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम जिल्ला भेलाले खत्रीको अध्यक्षतामा समाजवादी प्रेस सङ्गठन नेपाल रामेछापको गठन गरेको हो । भेलाले सङ्गठनको उपाध्यक्षमा चन्द्र बुढाथोकी, सचिवमा सौरभ श्रेष्ठ, कोषाध्यक्षमा चाहना प्रधान, सदस्यमा सुजिता केसी र भवानी खड्कालाई चयन गरेको छ । यस अघि समाजवादी प्रेस सङ्गठन नेपाल रामेछापको तदर्थ समितिको संयोजक चन्द्र बुढाथोकी रहनुभएको थियो ।