दोलखामा पहिरोमा परी तीन जना वेपत्ता

  • प्रकाशित मिति: शुक्रबार, साउन १९ २०८०
  • तामाकोशी

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोले घर बगाउँदा तीन जना वेपत्ता भएका छन् । गौरीशंकर गाउँपालिकाको वडा नम्बर ८ को टोपाटारमा बिहीबार राती पहिरोले तीन वटा घर बगाउँदा तीन जना बेपत्ता भएको वडा कार्यालयले जनाएको छ । पहिरोमा परेका तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । सोही वडाको सल्ले गाउँमा पनि पहिरोले दुइ वटा घर बगाएको र १५ घर विस्थापित भएको बताइएको छ । घटनाको विस्तृत बिवरण आउन बाँकी छ ।