मानव अधिकार एलायन्सको स्थापना दिवसमा रामेछापमा वृक्षारोपण

  • प्रकाशित मिति: शुक्रबार, असार २९ २०८०
  • तामाकोशी

रामेछाप । आज राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स ) को २४ औँ स्थापना दिवस , एलायन्स रामेछापले वृक्षारोपण कार्यक्रम गरी मनाएको छ । दिवसका अवसरमा एलायन्स रामेछापले शुक्रवार एक कार्यक्रमको आयोजना गरी रामेछाप सदरमुकाम मन्थली स्थित मन्थली अस्पताल क्षेत्रमा वृक्षारोपण गरेको हो । एलायन्स रामेछापले मन्थली अस्पताल क्षेत्रमा फलफूल लगायत अन्य विभिन्न जातका गरी ३० बोट बढी बिरुवाहरू लगाएको छ । एलायन्स रामेछापका अध्यक्ष थिर बहादुर थापा(रविन)को अध्यक्षता र नेकपा एमाले बागमती प्रदेशका कमिटीका सदस्य तथा बागमती प्रदेशका पूर्व मन्त्री शान्तिप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा पौडेलले मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा स्थापना काल देखि मञ्चको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । एलायन्सले आम नागरिकको अधिकार रक्षाका लागि थप सशक्त भएर लाग्नु पर्नेमा उहाँको जोड थियो । कार्यक्रममा नेकपा एमाले रामेछापका अध्यक्ष एवं बागमती प्रदेश सांसद आनन्दकुमार श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटी सदस्य गंगा कार्की, एमाले रामेछापका सचिव पुरुषोत्तम कडरिया, उपसचिव प्रकाशकुमार कार्की, एमाले नेता मिलन घिसिङ, नेतृ दीपशिखा दाहाल, अनेरास्ववियु रामेछापका सचिव पुष्कर भट्टराई लगायतको सहभागिता रहेको थियो ।