रामेछाप । ब्रेन ट्युमरको उपचार गराइरहनु भएका रामेछापको मन्थली स्थिति मन्थली माविका सहायक प्रधानाध्यापक पेशल आचार्यको उपचारमा सहयोग पुगोस् भनेर प्रेस चौतारी नेपाल रामेछापले आर्थिक सहयोग गरेको छ । प्रेस चौतारी नेपाल रामेछापले आफ्ना सदस्यहरूको बिचबाट स्वैच्छिक रूपमा संकलन गरेको रकमबाट आचार्यलाई सहयोग गरिएको प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिनुभयो । सदस्यहरूले आचार्यको सहयोगार्थ १८ हजार ७ सय ११ रुपैँया सहयोग गरेका थिए । संकलित रकम प्रेस चौतारी नेपालका वाग्मती प्रदेश कोषाध्यक्ष प्रज्वल पौडेल र रामेछाप जिल्ला सचिव निरोजकुमार थापाले आचार्यकी पत्नी गीता दाहाल आचार्यलाई बिहीबार दिउँसो अस्पतालमा नै गएर हस्तान्तरण गर्नुभयो । ब्रेन ट्युमर देखिएपछि आचार्यको एक महिना अघि काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा अप्रेसन भएको थियो । अन्नपूर्णले उहाँको थप उपचारका लागि मेडिसिटी अस्पतालमा रिफर गरेको छ । आचार्यको अहिले माडिसिटी अस्पतालको आइसियुमा उपचार भइरहेको छ ।
ब्रेन ट्युमरको उपचार गराइरहेका शिक्षकलाई प्रेस चौतारी रामेछापको सहयोग
- प्रकाशित मिति: बिहिबार, असार २८ २०८०
- तामाकोशी