रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा गाई भैँसीमा लाग्ने लम्पी स्किन रोग सङ्क्रमणबाट २० वटा भन्दा बढी पशु वस्तु मरेका छन् । नौ वटा वडा रहेको यो गाउँपालिकाको सबै वडामा लम्पी स्किन रोग फैलिएको छ । यो रोगका कारण गोरु थला पर्ने र मर्ने समस्याले गर्दा धेरै वडाहरूमा रोपाइँको काम नै प्रभावित भएको छ ।
‘रोग निको भएका गोरुलाई पनि तत्कालै जोत्न नहुने भएकाले गोरु लगाएर खेती गरिने खाँडादेवी गाउँपालिकाको अधिकांश वडामा धान रोपाइँ तथा अन्य खेती लगाउन किसानलाई समस्या भएको छ’, उहाँले भन्नुभयो । उहाँका अनुसार गाउँपालिकाले अहिले रोगग्रस्त क्षेत्रमा निः सङ्क्रमण, उपचार लगायतको काम गरिरहेको छ ।
खाँडादेवी गाउँपालिकामा अहिलेसम्म एक हजार ५०० पशु वस्तु लम्पी स्किन रोग सङ्क्रमित भएको र यो रोगको सङ्क्रमणबाट हालसम्म २० वटा भन्दा बढी गाई गोरु मरिसकेको गाउँपालिकाको पशुपन्छी विकास शाखाकी पशु चिकित्सक डा. रमिता लामाले बताउनुभयो । ‘खाँडादेवी गाउँपालिकामा हालसम्म १५ सय भन्दा बढी पशु वस्तु लम्पी स्किन रोग सङ्क्रमित छन्, यो रोगको सङ्क्रमणबाट २० वटा भन्दा बढी मरिसके’, उहाँले भन्नुभयो । लम्पी स्किन रोग रोकथामको उपाय भनेको खोप नै भएकाले गाउँपालिकाले चार हजार डोज खोप खरिद गरी बढी सङ्क्रमण फैलिएका वडाका गाई, गोरु र भैँसीमा लगाइएको लामाले बताउनुभयो । लम्पी स्किन रोगले गोरु थला पर्दा तथा मर्दा अधिकांश वडाहरूमा रोपाइँको काम नै प्रभावित भएको उहाँले बताउनुभयो । ‘रोग निको भएका गोरुलाई पनि तत्कालै जोत्न नहुने भएकाले गोरु लगाएर खेती गरिने खाँडादेवी गाउँपालिकाको अधिकांश वडामा धान रोपाइँ तथा अन्य खेती लगाउन किसानलाई समस्या भएको छ’, उहाँले भन्नुभयो । उहाँका अनुसार गाउँपालिकाले अहिले रोगग्रस्त क्षेत्रमा निः सङ्क्रमण, उपचार लगायतको काम गरिरहेको छ । पशुपन्छी विकास शाखाका अनुसार खाँडादेवी गाउँपालिकाको वडा नं १, २, ३ र ४ नम्बर वडामा बढी मात्रामा लम्पी स्किन रोग सङ्क्रमण फैलिएको छ ।