मन्थली नगरपालिकामा शिविरबाट ३० हजार भन्दा बढी पशु पन्छीको उपचार

  • प्रकाशित मिति: सोमबार, असार १८ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिकामा एक वडा एक जुनोटिक रोग तथा परजीवी नियन्त्रण शिविर सञ्चालन भइरहेको छ । नेपाल पारा भेटेरिनरी एन्ड लाइभ स्टक एसोसिएसन जिल्ला कार्यसमिति मन्थली रामेछापको सहकार्यमा मन्थली नगरपालिकाको पशु सेवा शाखाले शिविर सञ्चालन गरिरहेको छ । यो कार्यक्रम अन्तरगत हालसम्म ११ वटा वडामा शिविर सञ्चालन भइसकेको पशु सेवा शाखाले जनाएको छ ।

अहिले गाई भैँसीमा लम्की स्किन रोग व्यापक रूपमा देखा परेकाले मन्थली नगरपालिकाले रोगग्रस्त क्षेत्रमा सचेतनामूलक कार्यक्रम सहित निः सङ्क्रमण, उपचार लगायतको काम गरिरहेको उहाँले बताउनुभयो । यो रोगको रोकथामको उपाय भनेको खोप भएकाले नगरपालिकाले अहिले सम्म मन्थली नगरपालिकाका किसानले पालेका तीन हजार ९२५ वटा गाई भैँसीलाई निःशुल्क लम्की स्किन रोग विरुद्धको खोप लगाइएको उहाँको भनाइ छ ।



सोमबारसम्म मन्थली नगरपालिकाको वडा नं २, ३, ४ ,५, ६, ७, ९, १०, ११, १३ र १४ नम्बर वडामा यो शिविर सञ्चालन गरिएको मन्थली नगरपालिका पशु सेवा शाखाका सहायक पशु विकास अधिकृत मुकुन्द कुमार खड्काले बताउनुभयो । उहाँका अनुसार ११ वटा वडामा सञ्चालन भएको शिविरबाट दुई हजार घरमा पालिएका ३० हजार भन्दा बढी पशु पन्छीको उपचार गरिएको छ । शिविरमा अहिले महामारीका रूपमा फैलिएको लम्की रोग बाट ग्रसित पशु चौपायाको उपचार, कुकुरलाई रेविज विरुद्धको खोप र भेडा बाख्रामा देखिने भित्री तथा बाहिरी परजीवी नियन्त्रणका औषधीहरू वितरण गरिएको सहायक पशु विकास अधिकृत खड्काले बताउनुभयो । अहिले गाई भैँसीमा लम्की स्किन रोग व्यापक रूपमा देखा परेकाले मन्थली नगरपालिकाले रोगग्रस्त क्षेत्रमा सचेतनामूलक कार्यक्रम सहित निः सङ्क्रमण, उपचार लगायतको काम गरिरहेको उहाँले बताउनुभयो । यो रोगको रोकथामको उपाय भनेको खोप भएकाले नगरपालिकाले अहिले सम्म मन्थली नगरपालिकाका किसानले पालेका तीन हजार ९२५ वटा गाई भैँसीलाई निःशुल्क लम्की स्किन रोग विरुद्धको खोप लगाइएको उहाँको भनाइ छ । उहाँका अनुसार यो वर्ष मन्थली नगरपालिकाका विभिन्न वडाका २१ हजार ५०० भेडा बाख्रामा पिपिआर रोग विरुद्धको खोप, ९ हजार कुखुरामा रानीखेत विरुद्धको खोप र ९०० सुँगुर बङ्गुरमा स्वाइन फिवर विरुद्धको खोप लगाइएको छ ।