रामेछाप नगरपालिकाले ७३ करोड ५८ लाखको बजेट ल्यायो

  • प्रकाशित मिति: सोमबार, असार ११ २०८०
  • तामाकोशी
रामेछाप । रामेछापको रामेछाप नगरपालिकाले आगामी आर्थिक कर्षका लागि ७३ करोड ५८ लाख ७३ हजार बढीको बजेट ल्याएको छ ।
१३ औ अधिवेशनको पहिलो बैठकमा आइतबार आगामी आर्थिक बर्ष ०८०।०८१ को लागि नगरपालिकाकी उपप्रमुख बालकुमारी कार्कीले कुल ७३ करोड ५८ लाख ७३ हजार ६ सय ९७ रुपैया ६६ पैसाको प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको हो । नगर उपप्रमुख कार्कीले रामेछाप नगरपालिकाको आवश्यता पहिचान गरेर नगरवासीलाई अधिकतम सेवा सुविधा पुर्याउने गरी नीति कार्यक्रम र बजेट ल्याएको बताउनुभयो । संघ र प्रदेशबाट प्राप्त हुने बजेट घटेसँगै रामेछाप नगरपालिकाको बजेट पनि घटेको छ ।