सिन्धुली । सिन्धुलीमा घाँटीमा लिचीको दाना अड्किएर एक बालकको ज्यान गएको छ । विहीबार राति घाँटीमा लिचीको दाना अड्किएर कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय बालक क्रियान तामाङको ज्यान गएको हो । लिचीको दाना अड्किएपछि गए राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको उपचारका क्रममा अस्पतालमा ज्यान गएको बताउनुभयोे ।
लिचीको दाना अड्किएर सिन्धुलीमा बालकको ज्यान गयो
- प्रकाशित मिति: शुक्रबार, असार १ २०८०
- तामाकोशी