रामेछाप । रामेछापको मन्थली नगरपालिका–१२ गेलुबासीलाई खानेपानीको पिरोलो छ । यहाँका स्थानीय खानेपानी कै लागि रातको निन्द्रा माया मारेर पनि एक गाग्री पानीका लागि घण्टौँ लाइनमा बस्न बाध्य छन् । खानेपानीको अभावमा यहाँका स्थानीयले बेलामा पकाएर खान पाएका छैनन् । विद्यार्थीको विद्यालय छुटेको छ भने कतिपयले काम बिताएका छन् ।
मन्थली नगरपालिका, रामेछाप नगरपालिका र खाँडादेवी गाउँपालिका अधिकांश वडामा खानेपानीको समस्या छ । यी क्षेत्रका बासिन्दा नदी र खोलबाट लिफ्ट गरेर तानेको पानीमा आश्रित हुनुपरेको छ । लिफ्ट गरेर पानी तान्दा खर्चिलो हुने भएको कारण सर्वसाधारण महँगो पानी खान बाध्य छन् । कतिपय गाउँ बस्तीमा महँगो मूल्यमा पनि खाने पानी पु¥याउन नसक्दा पानीको जोहो स्थानीयलाई कठिन बनेको छ ।
हिउँदको समयको बिहान एक गाग्री पानीमा नै बित्ने स्थानीय मैयाँ अछामीले बताउनुभयो । ‘हाम्रो गाउँमा खानेपानीको ठुलो समस्या छ, भएका मुहानहरु सबै सुकिसके, अलि अलि पानी भएको सिमल बोटे पँधेरोमा पनि एक गाग्री पानीका लागि घण्टौँ लाइन बस्नु पर्छ’, उहाँले भन्नुभयो । पानी थाप्न पालो कुर्दा ढिला भएर कहिले काहीँ त विद्यालय नै छुट्ने गरेको कक्षा १० मा अध्ययनरत स्थानीय मञ्जु अछामी बताउनुहुन्छ । ‘घरमा खानेपानी जसरी पनि चाहिन्छ, एक गाग्री पानीका लागि पँधेरोमा घण्टौँ लाइन बस्नुपर्छ, पालो आएपछि पानी लिएर घर पुग्दा ढिला भएर धेरै पट स्कुल छुटेको छ’, उहाँले भन्नुभयो ।
गेलुको सिमल बोटे पँधेरो अहिले पनि ४० घर बढी स्थानीयको पानी भर्ने पँधेरो हो । पहरी टोल, मिजार टोल लगायतका स्थानीयवासीको खानेपानी समस्या टार्ने सिमलबोटे पँधेरो नै बनेको छ । वर्षामा ठुलो हुने सिमल बोटे पँधेरो अहिले सुकेर तिरतिरे धारोमा परिणत भएको छ । खानेपानीको अर्को विकल्प नभएको कारण स्थानीले पानी भर्नको लागि लामो समय पालो बास्नु पर्ने बाध्यता छ । पानीका साना मूल सुक्दै गएका कारण खानेपानीको समस्या भएको वडा नं १२ गेलुका वडा अध्यक्ष खिलेन्द्र खत्रीले बताउनुभयो । ‘गाउँमा खानेपानीको ठुलो समस्या छ, तामाकोसी नदीको पानी लिफ्ट गरेर गाउँमा खानेपानी पु¥याउने योजना अघि बढेको भए पनि सो योजना कहिले पूरा हुने कुनै निश्चित भएन’, उहाँले भन्नुभयो । गेलुबासीलाई खानेपानी पु¥याउनका लागि लामो समयदेखि लिफ्ट खानेपानी योजना सुरु भए पनि निर्माण कम्पनीले योजनाको काम लपत्र अवस्थामा छाडेको उहाँको भनाइ छ । गाउँ घरमा भएका पानीका साना मुहान सुक्दा मन्थली नगरपालिका सहित रामेछापका धेरै गाउँका बासिन्दालाई खानेपानीको पिरलो भएको छ । जिल्लाको मन्थली नगरपालिका, रामेछाप नगरपालिका र खाँडादेवी गाउँपालिका अधिकांश वडामा खानेपानीको समस्या छ । यी क्षेत्रका बासिन्दा नदी र खोलबाट लिफ्ट गरेर तानेको पानीमा आश्रित हुनुपरेको छ । लिफ्ट गरेर पानी तान्दा खर्चिलो हुने भएको कारण सर्वसाधारण महँगो पानी खान बाध्य छन् । कतिपय गाउँ बस्तीमा महँगो मूल्यमा पनि खाने पानी पु¥याउन नसक्दा पानीको जोहो स्थानीयलाई कठिन बनेको छ । मन्थली नगरपालिकाको सदरमुकाम मन्थली बजारदेखि धेरै वडाका बस्तीमा तामाकोसी पानी लिफ्ट गरेर खानेपानी पु¥याइएको छ । मन्थली नगरपालिकाको वडा नं ७ भटौली, वडा नं ८ चिसापानी र वडा नं ९ पुरानागाउँका दुई हजार १०० घर धुरीलाई खाने पानी पु¥याउन सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजना मार्फत ४९ करोड रुपैयाँ लगानीमा अहिले बृहत् लिफ्ट खानेपानी आयोजना निर्माण भइरहेको छ । खाँडादेवी गाउँपालिकाले पनि सुनकोसी, तामाकोसी र भटौली खोलाकै पानी लिफ्ट गरेर स्थानीयको आँत भरेको छ । रामेछाप नगरपालिका कतिपय वडाको लागि सुनकोसीको पानी तान्ने काम चलिरहेको छ । रामेछाप नगरपालिकाका कति गाउँका नागरिकले स्थानीय खोला र खोल्साको पानी तानेर पनि खानेपानी प्रयोग गरिरहेका छन् । पानीको अभाव भएका कतिपय बस्तीमा पानी पु¥याउन नसक्दा स्थानीय पानीको लागि पँधेरामा घण्टौँ कुर्नुपर्ने बाध्यता छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य र खाने पानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ बताउनुहुन्छ । ‘आफ्नो कार्यकाल भरि कम्तीमा नगरका प्रत्येक घरमा धारो पु¥याउने योजना छ, तथापि यसको लागि नगरले अझै धेरै काम गर्न बाँकी छ’, उहाँले भन्नुभयो ।