रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाको सबै वडामा गाई भैँसीमा लाग्ने लम्पी स्किन रोग सङ्क्रमण फैलिएको छ । नौ वटा वडा रहेको गाउँपालिमा यो रोगको सङ्क्रमणबाट अहिलेसम्म ६ वटा गोरु मरिसकेको गाउँपालिकाको पशुपन्छी विकास शाखाले जनाएको छ ।
खाँडादेवी गाउँपालिकामा अहिलेसम्म २०० भन्दा बढी पशु वस्तुमा यो रोगको सङ्क्रमण देखिएको र सङ्क्रमणबाट हालसम्म ६ वटा गोरु मरेको उहाँले बताउनुभयो । यो रोगको रोकथामको उपाय भनेको खोप भएकाले गाउँपालिकाले खरिद गरेको दुई हजार डोज खोप बढी सङ्क्रमण फैलिएका वडा नं १, २, ३ र ४ नम्बरका किसानले पालेका गाई, गोरु र भैँसीमा लगाइएको लामाले बताउनुभयो ।
खाँडादेवी गाउँपालिकाको सबै वडाहरूमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको र वडा नं १, २, ३ र ४ मा व्यापक रूपमा फैलिएको गाउँपालिकाको पशुपन्छी विकास शाखाकी प्रमुख डा.रमिता लामाले बताउनुभयो । खाँडादेवी गाउँपालिकामा अहिलेसम्म २०० भन्दा बढी पशु वस्तुमा यो रोगको सङ्क्रमण देखिएको र सङ्क्रमणबाट हालसम्म ६ वटा गोरु मरेको उहाँले बताउनुभयो ।
यो रोगको रोकथामको उपाय भनेको खोप भएकाले गाउँपालिकाले खरिद गरेको दुई हजार डोज खोप बढी सङ्क्रमण फैलिएका वडा नं १, २, ३ र ४ नम्बरका किसानले पालेका गाई, गोरु र भैँसीमा लगाइएको लामाले बताउनुभयो । ‘यो रोगको रोकथामको उपाय भनेको खोप नै हो, यसैलाई ध्यानमा राखेर गाउँपालिकाले दुई हजार डोज खोप खरिद गरी सङ्क्रमण बढी फैलिएको वडाका गाई, गोरु र भैँसीमा लगाइएको छ, अब फेरी एक दुई दिनमा दुई हजार डोज खोप झर्दै छ’,उहाँले भन्नुभयो । गाउँपालिकाले अहिले रोगग्रस्त क्षेत्रमा निः सङ्क्रमण, उपचार लगायतको काम गरिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार लम्पी स्किन रोग लागेका गाई÷भैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठा गुठी देखिने, गाँठा गुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्नेलगायत लक्षण देखा पर्छ । यो रोगको प्रभावकारी उपचार पनि नभएकाले रोगी पशुहरूलाई बथान बाट अलगै राख्ने, किर्ना लाम्खुट्टे जस्ता परजीवी निराकरण गर्ने, जैविक सुरक्षाको विधि कडाइका साथ पालना गर्नुपर्छ । ‘यो रोगबाट पशुमा हुने मृत्युदर कम भए पनि दुहुना पशुको दूध उत्पादनमा ९० प्रतिशतसम्म ह्रास हुन्छ’, उहाँले भन्नुभयो ।