रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा वाग्मती प्रदेका आदिवासी जनजाति पत्रकारहरूका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) वाग्मती प्रदेशको आयोजनामा शुक्रवारबाट सुरु भएको तालिम आइतबारसम्म सञ्चालन हुने छ । अपाङ्गता भएका व्यक्तिहरूको सवालमा केन्द्रित रहने तीन दिन क्षमता अभिवृद्धि तालिममा वाग्मती प्रदेशका मकवानपुर, भक्तपुर र रसुवा बाहेक अन्य ९ जिल्लाका ३० जना बढी आदिवासी जनजाति पत्रकारहरूको सहभागिता रहेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) वाग्मती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ २१ गते आइतबारसम्म सञ्चालन हुने तालिममा ईन्डिजिनियस टेलिभिजनका कुमार यात्रीले प्रशिक्षण दिनुहुने छ । तालिमको शुक्रवार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय महासचिव मिलन लिम्बु, पत्रकार महासङ्घ वाग्मती प्रदेशका कोषाध्यक्ष रमेश ढुङ्गेल लगायतको उपस्थितिमा मन्थली नगरपालिका प्रमुख लव कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।
मन्थलीमा वाग्मती प्रदेशको ९ जिल्लाका पत्रकारहरूलाई क्षमता अभिवृद्धि तालिम
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ १९ २०८०
- तामाकोशी